काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले प्रचण्ड-नेपाल समूहतर्फ इंगित गर्दै पार्टी छोडेर गएपछि संवैधानिक आयोग बनेको बताए।
नाराहिटीदरबारमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले तीन वर्षदेखि नबनेका संवैधानिक आयोगहरु प्रचण्ड-नेपालहरुले पार्टी छोडेर गएपछि बनेको जवाफ दिए। उनले भने, ‘जनताको काम गर्ने संवैधानिक आयोगहरु बन्न दिनु भएन। आज आयोगहरु बने उहाँहरुलाई आयोग बनेकोमा कति चिन्ता? आयोग बनेको पछिल्लो दिन आमहड्ताल गर्नु भयो।’
मधेशीको समस्या उठाउनै नहुने? महिला दलित र पिछडिएको क्षेत्रका बारेमा बोल्नै नहुने ? उहाँहरु (प्रचण्ड-नेपाल) ले केपी ओलीलाई तत्काल हटाउनु पर्छ भन्नेमा लाग्नु भयो। भ्रष्टारार अन्त्य गर्ने मेरो अभियानलाई अन्यत्र मोड्ने काम भयो। पाँच वर्षसम्म काम गरौं भनेको उहाँहरुले मलाई हटाउने खेल्ने काम गर्नु भयो।’