काठमाडौँ। नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई धम्की नदिन चेतावनी दिएका छन्।
शान्तिपूर्वक रुपमा आमहड्तालतमा उत्रेका आफ्ना नेता कार्यकर्तामाथि गोली हान्नेदेखि जेलमा कोच्ने काम भएको भन्दै अधयक्ष नेपालले चर्को विरोध जनाएका छन्।
शुक्रबार बिहान राजधानीमा आयोजित वर्तमान परिस्थितिका बारेमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीलाई धम्किकाे भाषा प्रयोग नगर्न चेतावनी दिएका छन्।
उनले भने, ‘असंवैधानिक कदम चाल्ने ओली, पार्टीको बैठकमा उपस्थित नहुने ओली, पार्टीका हरेक कमिटीमा अल्पमतमा पर्ने ओली, कानूनको उलंघन गर्ने ओली, उल्टै हामीलाई धम्की दिने ? कानूनको पालना गर्न हामीलाई निर्देशन दिने ? तिम्रो धम्किबाट डराएर भाग्दैनौ, चेनता भया। हाम्रो लडाई कुनै व्यक्तिका विरुद्धमा होइन। हाम्रो लडाई संविधानको रक्षाका लागि हो।’