काठमाडौँ। नेकपा ओली समूहका नेता महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गर्नुका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँ र भक्तपुरका १० स्थानबाट ती स्वयमंसेवकले मार्चपास गरेका थिए।
प्रधानमन्त्री केपी ओली पक्षधरको २३ गते हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताए। उनका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुनः वाल्मिकी कलेज पुगेर सभामा परिणत भएको थियो।
तस्बिर: मुकुन्द कालिकोटे