‘बालकोटमा काजु खाएर गणतन्त्र आएको होईन’



काठमाडाैँ। अनेरास्ववियूका केन्द्रीय नेता सुदेश पराजुलीले प्रधानमन्त्री केपी ओली तर्फ इंगित गर्दै बालकोटमा काजु खाएर गणतन्त्र नआएको स्पष्ट पारेका छन्।

पूर्वी नेपालको धरानमा रहेका नेता पराजुलीले प्रधानमन्त्री केपी ओलीले बालकोटमा बसेर काजु खादै गणतन्त्रका विरुद्धमा बोलेकोतर्फ ईंगित गर्दै सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘एकचोटी कान खोलेर सुन प्रतिगमनका मतियारहरु, लाखौ लाख जनताको रगत र पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने,जनताले पहिलो पटक आफ्नै हातले लेखेको संविधानलाई चिरहरण गर्ने,जनताको व्यवस्थालाई मास्ने केपी ओलीको कुबाटो,कुबुद्धिका विरुद्धमा चलेको कदम हो, आमहडताल।’

उनले अगाडि लेखेका छन्, ‘यो व्यवस्था बचाउनका चालेको बाध्यात्मक बाटो हो आमहडताल। लोकतान्त्रिक गणतन्त्र बालकोटमा बसेर काजु खाएर आएको होईन केपि महाराज।’