जनकपुर। बिहिबार घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ।
झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको रग्ताम्मे बनेको छ।पूर्वमन्त्री समेत रहेका नेता झाको टाउकोमा चोट लागेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।
प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले ९ जना बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले बन्दकर्तामाथी दमन गरेको भन्दै आक्रोशित बन्दकर्ताले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन्।