‘संविधानको रक्षाका निम्ति सडकमा आएका छौं’



काठमाडौँ। नेकपा (प्रचण्ड-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको रक्षा र लोकतन्त्र बचाउनका लागि आफूहरु सडकमा आएको जानकारी दिएका छन्।

राजधानीको रत्नपार्कको विरोध तथा बन्द हड्तालमा उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन्। राजधानीका विभिन्न स्थानमा नेकपाका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु सडकमा आएका छन्।

त्यस्तै राजधानीको जमलमा युवा संघका नेता दिपक जिएम, मेघराघ शाही, त्यस्तै अनेरास्ववियूकी केन्द्रीय नेता आरती लामालगायतका युवाहरुले छिटफुट रुपमा चलिरहेका सवारी साधानहरुलाई नमस्कारसहितको अभिवादन गरेर रोक्ने र आवश्यकताअनुसार गन्तव्यमा पठाउने काम गरिरहेका थिए।

उनीहरुले बन्दका कारण असहजता र्सिजना भएकोमा सर्वसाधारणसँग माफि माग्दै प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध एक जुट भएर लाग्न, सहयोग गर्न र साथ दिन आग्रहसमेत गरिरहेका छन्।