काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन्।
म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्ट लगायतका नेताहरुलाई हिरासतमा लिएको छ। साथै एक वर्ष संकटकालको घोषणा गरेको छ।
म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन्। उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन्। अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन्। म्यानमारमा भएको सैनिक ‘कू’ को विश्वभरबाट विरोध भइरहेको छ।