म्यानमार सैन्य ‘कू’ को कांग्रेसद्धारा विरोध



काठमाडौँ। म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा नेपाली कांग्रेसले निन्दा गरेको छ।

सेनाले सोमबार एनएलडीकी नेतृआङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई गिरफ्तार गरेको छ भने एक वर्षका लागि संकटकाल लगाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसको विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताए। उनले भने, ‘सबैले यसलाई साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्छ।’

गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको भएको थियो। तर चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ।

चुनावमा प्रश्न उठेको भए संवैधानिक राजनीतिक प्रक्रियाबाट हल गर्नुपर्ने भन्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘सेनाले हस्तक्षेप वा निर्वाचित शासकबाट लोकतान्त्रिक प्रक्रियामा हुने हस्तक्षेप ओलाचित विषय बन्छ। नेपाली कांग्रेस म्यानमारको घटनाप्रति विरोध गर्न चाहन्छ।’