काठमाडौँ। म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) की सर्वोच्च नेता आङ सान सू कीलाई त्यहाँको सेनाले हिरासतमा लिएको छ।
सु कीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन्। केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो। सेनाद्वारा ‘कु’ हुने आशंका गरिएकै बेला सु कीलाई गिरफ्तार गरिएको हो।
गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो। तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो।
सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको छ। एनएलडीका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सु कीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि सेनाले हिरासतमा लिएको छ।
बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ। त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।