सरकारले पठाएको नियुक्ति सिफारिस सभामुखद्वारा फिर्ता



काठमाडौँ। सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन्।

सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएर पनि बैठक बस्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। सोही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाविनै बसेको बैठकले विभिन्न्न संवैधानिक निकायमा नियुक्ति गर्न सिफारिस गरेको थियो। सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो।

यसबारे सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएएको बताएका छन्। सभामुख सापकोटाले नियुक्ति सिफारिस फिर्ता गरेको बोधार्थ राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेतालाई पठाएका छन्।