कर्णालीमा हालसम्म कोरोनाबाट ३० जनाको मृत्यु



सुर्खेत। आइतबार दैलेखका कोरोना संक्रमित एक पुरुषको सुर्खेतमा मृत्यु भएसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा दैलेखको गुराँस गाउँपालिका–५ का ६४ वर्षीय एक जना पुरुषको मृत्यु भएको हो। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाकाका ति पुरुषको आइतबार बिहान बिहान ११ः२७ बजे मृत्यु भएको हो।

ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या भएपछि उनलाई माघ ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। सोही दिन प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो।