माघ २३ गते केपी ओलीले हिन्दु राष्ट्र घोषणा गर्दैछन्!



काठमाडौँ। नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य डा.सुरेन्द्र पाण्डेले केपी शर्मा ओलीले नेपाललाई हिन्दुराज्य घोषणा गर्न लागेको आरोप लगाएका छन्।

आइतबार असंवैधानिक कदमका विरुद्ध माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन्। उनले ओलीको प्रतिगमनका लागि लड्ने संकल्पका साथ नेपाली जनताहरु सडकमा उत्रिसकेको दाबी गरे।

उनले भने, ‘केपी ओली जी धर्म, हिन्दुराज्य घोषणा गर्ने ओलीले गर्दैछन भन्ने सुन्दैछु। मैले सुनिरहेको छुु, आगामी २३ गतेको ओलीको सभामा सबै राजावादीहरु सहभागी हुने भन्ने घोषणा गरेको सुनेको छु । राजावादीहरुको भीडमा बसेर तपाईंले जतिसुकै चेष्टा गरेपनि नेपाली जनताले छाड्ने छैनन्।’ ओलीको यो कदमले सार्वभौम सत्तामाथि प्रश्न उठेको भन्दै यसको पूरा हुन नदिने बताए।

उनले अघि भने, ‘दीर्घराज प्रसाईंहरु र भद्रकुमारी घलेहरुले ओलीजस्ते रााजनेता अब नेपालमा कोही छैनन् भन्दैछन्। हिजो पञ्चायतको बेलामा कम्युनिस्टमाथि गोली दाग्नेहरु, जसले हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्ने काममा नेतृत्व गरेका थिए। आज ओली तिमी जस्तो महान कोही छैनन् भन्दैछन्।’