माइतीघरको धर्नामा प्रचण्ड-नेपाल सहभागि



काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि आन्दोलित बनेको नेकपा (प्रचण्ड-माधव) पक्षका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल माइतीघरमा जारी धर्नामा सहभागी भएका छन्।

प्रचण्ड, नेपालसहित धर्नामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायतका नेताहरु पनि सहभागी भएका छन्।

असंवैधानिक रुपमा संसद विघटन गरेपछि आन्दोलित बनेको नेकपा (प्रचण्ड–माधव) समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ। धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरुको पनि सहभागीता रहेको छ।