काठमाडौँ। नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने र केपी ओलीको बहिर्गमन हुने दाबी गरेका छन्।
शनिबार सुदूरपश्चिमको धनगढीमा आयोजित सभामा बोल्दै अध्यक्ष नेपालले संविधानको ७६ (१) र (२) अनुसार बनेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने दाबी गरे।
उनले भने, ‘संसद पुनर्स्थापना हन्छ र केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन। केपी ओली अस्ताउँदा सूर्य हुन्, त्यसैले अर्को पार्टी खोले एमाले। त्यो पार्टीको चिन्ह डाँडामा अस्ताउँदो सूर्य छ। त्यही अस्ताउँदै गरेको सूर्य बोकेर ओली विदा हुँदैछन्।’