सुस्मिता र निर आलेको अभिनयमा ‘कहाँको साइत’



काठमाडौँ। सर्जक तथा गायक पुर्ण मगर (यात्री) को शब्द र प्रज्वल मगरको संगीत रहेको लोक दोहरीगीत ‘कहाँको साइत’ बजारमा आएको छ। गीतमा गायक पुर्णमगर (यात्री) र गायिका रुचा पुन मगरको स्वर रहेको छ।

उक्त गीतको म्युजिक भिडियोमा नीर आले मगर र सुस्मिता आले मगरको अभिनय रहेको छ। समीर थोकरले निर्देशन गरेको गीतको म्युजिकको भिडियो सुशील डाँगीले खिचेका हुन्।