माइतीघरमा प्रचण्ड-नेपाल पक्षको सांसदहरुको प्रर्दशन



काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा बिहिबार दोस्रो दिन पनि धर्ना जारी राखेको छ।

प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन्। संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको पम्फा भुसालले बताएकी छन्। उनका अनुसार बुधबारदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आइएको छ। धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने छ।

धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन निरंकुशतन्त्र चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।