लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ



काठमाडौँ। राजधानीको लैनचौर स्थित गोल्फुपाखाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।

बुधबार सशस्त्र प्रहरीको विशेष टोलीले सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका २६ बाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चौलागाईंको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद गरेको सशस्त्र प्रहरी बलको विशेष टोलीले कर्णाली सन्देशलाई जानकारी दिएको छ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रण लिएको हो। थप अनुसन्धानका लागि नेपाल प्रहरी समक्ष बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।