भारतीय अनुदानको ‘कोभिशिल्ड’ खोप शुभारम्भ (फोटो फिचर)



काठमाडौँ। छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको नेपालमा शुभारम्भ गरिएको छ।

बुधबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन्। शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी भएका छन्।

यहि माघ ८ गते भारत सरकारको अनुदानमा कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको थियो। एयर इन्डियाको विमानबाट आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरेका थिए।

तस्बिर: मुकुन्द कालिकोटे