कृषिमा वैदेशिक लगानी रोक्न माग गर्दै प्रदर्शन



काठमाडौँ। राजधानीको नयाँ वानेश्वसमा कृषिमा बैदेशीक लगानि रोक्न माग गर्दै प्रदर्शन गरिएको छ।

सरकारले कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि कृषकहरुले विरोध गर्दै आएका छन्। बुधबार कृषिमा वैदेशिक लगानि रोक्न किसानहरुले सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा कृषिसँग सम्बन्धित उद्योगी, कृषि अभियन्ता तथा कृषकको सहभागिता थियो। विभिन्न १८ वटा संघसंगठनले सरकारको निर्णयविरुद्ध संघर्ष समिति गठन गरेका छन्।