वामदेव गौतमको टिम मैदानमा (फोटो फिचर)



काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतम पार्टी एकता राष्ट्रिय अभियानलाई जनतामा पुर्याउने पहलकदमी अभियानमा लागि मैदानमा उत्रेका छन्।

“पार्टी एकता राष्ट्रिय अभियानलाई जनताको बिचमा पुर्‍याउ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को बिभाजनलाई रोकौ” भन्ने मुल नाराका साथ नेकपा उपाध्यक्ष बामदेव गौतले घोषणा सभा गरेका छन्। राष्ट्रिय एकता अभियान संचालनको लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिती रहने छ।

यसमा अधिकतम ६ सय ५१सदस्य रहने छन्। त्यस्तै केन्द्रीय समन्वय समितिमा अधिकतम १ सय ७५ जनाको कार्य सम्पादन समिती हुने ब्यबस्था गरिएको छ भने आवश्यक बमोजीम सचिवालय निर्माण गरिनेछ। ललितपुरस्थिति सिद्धार्थ कटेजमा करिब ३ सय कार्यकर्ताको बिच गरिएको घोषणा सभाको मुख्य कार्यभार निम्न अनुसार जारी गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनएकिकरण गराउन आ-आफ्नो तहमा अधिकतम कोशिश गर्ने, प्रत्येक टोल टोलमा एकता पक्षधरको भेला बैठक आयोजना गरि बिभाजनबाट हुने क्षती बारे जानकारी गराउने, आम मतदाता समक्ष एकताको अनिवार्यता र आवश्यकता बारे जानकारी गराउने, उपयुुक्त काम सम्पन्न गर्न जनपरिचालन गर्ने बताएको छ।

त्यस्तै आपत विपतमा परेका परिवार र कुनै पनि ब्याक्तीलाई राहात उद्दार गर्ने, आर्थिक अभावका कारण विद्यालय जान नपाएका बालबालिकालाई बिधालय पठाउने ब्यवस्था गर्ने, आर्थिक अभावको कारण स्वस्थ्य उपचार नपाएका ब्याक्तीहरुलाइ उपचारको ब्यबस्था मिलाउने, कानुनी उपचार नपाएका ब्याक्तीहरुलाइ कानुनी उपचारको लागि सक्दो सहयोग गर्ने, माथी उल्लेखित आचारसंहिता पालना गर्ने गराउने, पुन:एकताको लागि आवश्यकता बमोजिम अन्य कामहरु गर्ने, अभियानका प्रत्येक सदस्यले आफ्नो समितिमा र प्रत्येक समितिले आफू भन्दा माथिल्लो समिती र केन्द्रीय समितीलाइ जानकारी गराउने बताइएकाे छ।

गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेसंगै नेकपा ओली समूह र प्रचण्ड-नेपाल समुहले छुट्टाछुट्टै भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएका छन्। यस्तो विषम परिस्थितिमा गौतमको एकता अभियान पार्टी एकताको लागि कोशेढुङ्गा साबित हुने भेलाको दाबी छ।

तस्बिर: केवी थापा (सुमन)