सरकारले माग्यो ४७ हजार कर्मचारी (सूचनासहित)



काठमाडौँ। सरकारले करार सेवामा ४७ हजार जना कर्मचारी माग गरेको छ। केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि सो संख्यामा कर्मचारी माग गरेको हो।

विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ। विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ। आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ।