भारत र पाकिस्तानको यात्रा नगर्न बाइडेनको निर्देशन



काठमाडौँ। अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ।

बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो। अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ।

आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको भनाइ छ। भारत–पाकिस्तानको सीमा क्षेत्रमा बेला–बेलामा गोलीबारी हुने गरेको छ।