‘असंवैधानिक कदमको पाप पखाल्न ओली पशुपति पुगे’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समुहका नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेको आराप लगाएका छन्।

मंगलबार मुगु सदरमुकाम गमगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले विभिन्न विभिन्न सरोकारवाला निकायहरुबाट आलोचना र बिरोध उठेपछि पशुपतिमा गएर बत्ती बालेको बताए। तर प्रधानमन्त्री ओलीले पशुपतिमा गएर जति नै ठूलो बत्त्ति बालेपनि यो अपराध नपखालिने नेता रावलको भनाइ थियो।

उनले भने, ‘आफुले चालेको असंवैधानिक कदमबिरुद्ध नागरिक समाज, कानुन व्यवसायीलगायत धेरै संस्थाहरुबाट बिरोध भएपछि पाप पखाल्न पशुपति जानु भएछ। तर जति ठूलो बत्ति बाले पनि उहाँको पाप पखालिदैन।’

नेता रावलले अहिले मुलुकमा कोरोना भाइरस बिरुद्धको खोपको चर्चा चलिरहँदा प्रधानमन्त्रीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए। त्यस्तैगरी उनले पाटीले उहाँलाई काम गर्न सहयोग गर्दा गर्दैपनि विभिन्न बहाना बनाएर पार्टीबाट असहयोग भएको भन्दै भ्रम फल्याएको जिकीर गरे।