काठमाडौं। संसद विघटन र सरकारको विरोधमा काठमाडौंमा सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले सिठ्ठी जुलुस प्रदर्शन गरेको छ।
सोमबार घोषणा गरिएको तेस्रो चरणको आन्दोलन अन्तर्गत राजधानीको लैनचौरबाट सुरु भएको जुलुस बसन्तपुरसम्म गएको छ। यो समूहले माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ। यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो।
तेस्रो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिरका बुटवल, विराटनगर र धनगढीमा पनि प्रदर्शन आयोजना गरिएको छ। राजधानी उपत्यकाभित्र सांसदहरुको धर्ना, माघ १६ को शहीद दिवसमा श्रद्धाञ्जली सभा पनि राखिएको छ।