भारतीय सेनाको हेलिकप्टर कश्मीरमा दुर्घटना



काठमाडाैँ। जम्मु कश्मीरमा सोमबार भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टर दुर्घटनामा परेर एक पाइलटको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

हेलिकप्टर दुर्घटना परेलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिए पनि एक जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ। कठुआका एसएसपी शैलेन्द्र मिश्राले हेलिकप्टरर दुर्घटनामा परेको पुष्टि गरेका छन्।

त्यस्तै प्रहरीका डेपुटी कमिस्नर ओपी भगतले भने, ‘इन्डियन आर्मीको ध्रुव हेलिकप्टर कठुआको लखनपुर इलाकामा साँझ ७ बजेर १५ मिनेटमा दुर्घटनामा परेको छ। दुर्घटनामा २ पाइलट गम्भीर घाइते भएका थिए। दुबै जनालाई अस्पताल पुर्याइएको थियो तर एकजनाको मृत्यु भएको छ।’