‘ओलीतन्त्र अन्त्य हुनु अघिको फटफट्याई सुरु भयाे’



काठमाडौँ। नेपाली काँग्रेसका नेता गगन थापाले नागरिक आन्दोलनमाथिको दमनको विरोध गरेका छन्।

उनले ट्वीटरका लेखेका छन्, ‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याई हो। तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन्।

संसद विघटनविरुद्ध जारी वृहत् नागरिक आन्दोलनको क्रममा आज भएको शान्तिपूर्ण भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेका थियो।

भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् । यसको चौतर्फी विरोध भइरहेको छ।