तेस्रो जनआन्दोलन सुरूवात भयो: नारायण वाग्ले



काठमाडौँ। लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले भद्र अवज्ञा आन्दोलनमाथि प्रहरीले दमन गरेको बताएका छन्।

सोमबार बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा हानेको थियो। केही मानिस घाइते बनेका छन्। ‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौं। हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौं।’

उनले अगाडि भने, ‘हामीमाथि जुन बर्बर दमन भयो विना सूचना,’ वाग्लेले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर पहिल्यै प्रहरीलाई भनेको थिएँ। हाम्रो साथीहरूसँग ढुंगा पनि थिएन। जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन सुरू भयो।’