प्रचण्ड-नेपाल नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक



काठमाडौँ। नेकपा (प्रचण्ड-नेपाल) समूहले नयाँ चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ।

(प्रचण्ड-नेपाल) समूहले साेमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो।

कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, उक्त धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा सदस्यसमेत सहभागी हुनेछन्।

त्यस्तै १५ गते बुटवल, १६ गते बिराटनगर र १७ गते धनगढीमा आयोजित भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने, २२ गते काठमाडौँमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौँमा वृहत विरोध प्रदर्शन गरिने बताइएको छ।

प्रचण्ड–समूहले ९ गते पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो। २८ माघमा हुने प्रदर्शन अझ ठूलो हुने र सिंगो देशलाई काठमाडौँमा उतार्ने तयारी छ।