सुर्खेत, दैलेख र जाजरकोटमा विद्युत अवरुद्ध



सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने हर्रेमा विद्युतको तार चुट्टिँदा कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ।

कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाईन अन्तर्गत हर्रे नजिक तार चुट्टिँदा प्रशारण लाईनअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोटका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन पुगेको विद्युत प्राधिकरण कार्यालय सुर्खेतले जनाएको छ।

‘तार सडक नजिकै चुट्टिऐको खबर आएको छ,’विद्युत प्राधिकरण कार्यालय सुर्खेतका प्रमुख टंकराज गिरीले भने, ‘मर्मतका लागि टीम त्यसतर्फ गएको छ । मर्मत पश्चात विद्युत सेवा सुचारु हुन्छ।’