ओलीलाई साधारण सदस्यबाट हटाईने!



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने या के गर्ने ? भन्नेबारे निर्णय गर्न आइतबार स्थायी कमिटीको बैठक बोलाएको छ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि माघ ११ गते आइतबार स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए।

शनिबारको छलफलमा माघ ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे छलफल भएको श्रेष्ठको भनाई छ। आइतबार थप एजेण्डासहित स्थायी कमिटी बैठकले नयाँ कार्यक्रम तय गर्ने श्रेष्ठले बताए।

ओली पक्षका लागि प्रदेश पदाधिकारी हटाएर नयाँ समायोजन गर्नेलगायतका अन्य निर्णय हुने श्रेष्ठको भनाइ छ। प्रचण्ड–माधव पक्षले ओलीलाई केही दिन अगाडि तीन दिनको समय दिएर स्पष्टीकरण मागेको थियो।