काठमाडौँ। नेकपा ‘विप्लव समूह’ का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन्।
काठमाडौँ र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले जानकारी दिएका छन्।
मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा१३च७९६९नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ। आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ।
पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ। बाँस्तोलालाई महानगरीय पहरी परिसर ललितपुरमा राखिएको छ। उनि विप्लव समूहका तेस्रो बरियताका नेता हुन्।