बन्दको अवज्ञा नगर्न नेकपा विप्लवकाे अनुरोध



सुर्खेत। माघ १० गते नेपाल बन्दको घोषणा गरेको नेकपा विप्लवका कार्यकर्ताहरुले दैलेखमा राँके जुलुस निकालेका छन्।

जिल्लाको ठाटीकाँधमा शुक्रबार साँझ विप्लव नेकपाका कार्यकर्ताहरुले राँके जुलुस निकालेका थिए। १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले नेकपाले जनाएको छ।

राँके जुलुससँगै विप्लव समर्थक कार्यकर्ताले राज्यबाट गिरफतार गरिएका कञ्चनसहित आस्थाका बन्दीलाई रिहाको माग गर्दै नारा जुलुस गरेका थिए। दैलेख जिल्लाका ११ ओटै स्थानीय तहमा राँके जुलुस निकालिएको छ।

सदरमुकाम आसपासका गाउँमा पनि विप्लव नेकपाले राँके जुलुस निकालेको एक नेता कार्यकर्ताले जानकारी दिएका छन्। उनले कसैले नेपाल वन्दको अवज्ञा गरेछ भने सोही जिम्मेवारी हुन र नेपाल बन्द सफल पार्नका लागि सबैमा सहयोगको आह्वानसमेत गरेको जानकारी दिए।