ओलीलाई प्रचण्डले भने, ‘एउटालाई छोएर देखाउ’ (भिडियोसहित)



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल जनताको सरकार निर्माण हुने दाबी गरेका छन्।

कर्मचारी र पेशाकर्मीहरू सहभागी हुनेहरूलाई रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरूले,’ प्रचण्डले भने, ‘अनि कारबाही गर्ने भनेर धम्की दिएको मैले सुनेँ। जुलुसमा कोको गए रेकर्ड राख्ने रे। म यो मञ्चबाट केपी र उनका गुटलाई चुनौती दिन चाहन्छु, एउटालाई छोएर देखाऊ।’

उनले कर्मचारीलाई नडराउन पनि आग्रह गरे। तपाईंहरूलाई छिसिक्क एउटा रौं पनि हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्नेछौं। छिट्टै जनताको सरकार आउनेवाला छ। त्यसले केपी ओली र उनका गुटलाई कारबाही गर्नेछ।’ उनले ओलीलाई तह लगाउन आफूहरूले नसकेर जनतामा आएको पनि बताएका छन्।

ओलीले आफूलाई सिध्याउने र माधव नेपालसँग फाटो ल्याउने कोशिस गरिराखेको उनले बताए। उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहने पनि बताएका छन्।

‘देशलाई बर्बाद हुने बाटोमा कसैले पनि भूमिका नखेलौं,’ उनले भने, ‘कसैले पनि अराजकताको साक्षी बस्ने छैनन् भन्ने विश्वास गर्दछु।’ ओलीले संविधान भत्काएको पनि प्रचण्डको भनाइ थियो।

त्यस्तै प्रचण्डले केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन्। काठमाडौँमा आयोजना गरेको विशाल प्रदर्शन सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरेका हुन्।

उनले भने, केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्नेमा छैनौं। अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं।’

त्यसो गरेर फाइदा हुने रहेछ।’ उनले आफूहरु राष्ट्रप्रति इमान्दार रहेको र अब पनि रहने दावी गरेका छन्। यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे। प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दे उनले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं। यसमा हाम्रो पनि कमजोरी रह्यो।’