काठमाडाैँ। नेकपा (प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीका कारण पार्टी विभक्त बनेको बताएका छन्।
शुक्रबार नेकपाद्वारा आयोजित शक्ति प्रदर्शनलाईसम्बोधन गर्दै अध्यक्ष नेपालले राम्रो ओली सरकारलाई काम गर्न र देशका पक्षमा इमान्दार हुन आग्रह गर्दा उल्टै सक्ताको भोकगर्नेहरुबाट देश अगाडि भन्न सक्दैन।
उनले ओलीसँग अरिङगालहरु र साइवर सेनाहरु मात्रै रहेको बताए। ति अरिङगालले जनताको विशाल प्रदर्शनलाई रोक्न र छेक्न नसक्ने उनको भनाई थियो। गणतन्त्रको असली हकदार माया आफू भएको भन्दै अध्यक्ष नेपालले ओलीलाई गणतन्त्र विरोधि नेताको रुपमा चित्रण गरे।
सााथै उनले पत्रकारहरुले आफूलाई सच्चिन र जनताको बीचमा जान सल्लाह दिएको बताए। साथै उनले आफ्नो तर्फबाट प्रतिज्ञा गर्न र प्रतिवद्धता जाहेर गर्न जनताका बिचमा आएकाे बताए।
त्यस्तै प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताएका हुन्। उनले भने, ‘केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्। जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन।’
उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई उनले राजनीतिक कदम भनेपनि त्यो घटना राजनीतिक हुनै नसक्ने दावी गरे।ओलीले बालुवाटारमा बसेर बालुवाटारकै समुह नेकपा आधिकारिक पार्टी भन्ने गरेको भन्दै खनालले एक पटक सडकमा आएर हेर्न आग्रह गरे।
‘म केपी ओलीलाई सडकमा आएर हेर्न आग्रह गर्छु। कुन पार्टी आधिकारिक हो भन्ने कुरा,’ उनले संसदको पुर्नस्थापनाको विकल्प नभएको पनि बताए। उनले नेपालका न्यायमुर्तिहरुले नेपालका जनताले के भन्दैछन् भनेर सुनिरहेको भन्दै निर्वाचन आयोग पनि हुकुमी शासनले नबनाएको बताए।
‘यो निर्वाचन आयोग हुकुमी शासनले बनाएको होइन। यो त संविधानले बनाएको आयोग हो। यसले सविधान र विधान अनुसार निर्णय गर्छ’, खनालको भनाइ छ। उनले निर्वाचन आयोगले पनि प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता दिनेमा दुईमत नरहेको बताए।