संसद विघटनबारे सर्वोच्चले माग्याे राजपत्रमा प्रकाशित सूचना



काठमाडौँ। संसद विघटनविरुद्धको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ।

बिहीबारको इजलासमा संसद विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशन नै नभएको विषय उठान भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सूचना माग गरेका हुन्।

यसअघि बहरमा सहभागी अभिवक्ताहरु ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले यस विषयको उठान गरेका थिए। उनीहरुले संसद विघटन गरिएको सूचना राजपत्रमा प्रकाशितनै नभएको दावी गरेका थिए।