‘हामी र केपी ओलीबीच कसरी फरक छुट्याउने?’



जनयुद्ध, बाह्रबुँदे सम्झौता हुँदै ०६२/०६३ को जनआन्दोलनले जनतामा पैदा गरेको विश्वास अहिले धेरै नै धर्मराएको छ। त्यो पहिलाको ठाउँमा छैन भन्ने वोध गराउनका निम्ति तपाईहरुको आलोचना र टिप्पणीले हामीलाई धेरै नै मद्दत गरेको छ भन्ने मैले ठानें।

अहिले त बाहिर देखिने गरी पोखिएर आयो, तर, पार्टी एकता भएको केही समयपछिबाट नै विचार प्रवृत्ति, कार्यशैली, विधि पद्दति अनि, नीति कार्यक्रम, बजेट कस्तो हुनुपर्छ भन्ने विषयमा बहस सुरु भएको थियो। प्रधानमन्त्रीको सोच्ने तरिका, काम गर्ने तरिका, नीति कार्यक्रम र बजेट बनाउँदा पार्टीलाई सम्पूर्णरुपले बाइपास गर्ने तरिका, संवैधानिक, राजनीतिक नियुक्तिहरुमा एकलौटी गर्ने तरिकाका विरुद्ध अढाइवर्षदेखि नै संघर्ष सुरु भएको थियो र त्यसैको क्लाइमेक्सजस्तो अहिले भएको हो। त्यसकारण सबै उस्तै होइनन्।

हामीले जनतालाई जे भनेर भोट माग्यौं र मत प्राप्त गर्‍यौं, घोषणापत्रका मूल मान्यताअनुसार हामी चल्यौं कि चलेका छैनौं भन्ने बहस भएकै हो। सामाजिक न्याय, विकास, स्थिरता र समृद्धि हामीले दिन्छौं भन्यौं । तर, हामीले त्यस अनुसारको नीति, कार्यक्रम र बजेट ल्यायौं कि ल्याएनौं त रु भन्ने बहस हाम्रो भएकै हो र त्यसको ‘कम्बिनेसन’ जस्तो अहिले आएर भयो। हामीले जनताका अगाडि जे बाचा कबुल गरेको हो, त्यसअनुसार हामी गइराखेका छैनौं है भन्ने एउटा मत र अर्कोचाहिँ अब पावर प्राप्त भइसकेपछि पावर नै मुख्य कुरा हो भनेर सोच्ने र त्यसलाई मोनोपोली गरेर सञ्चालन गर्नेवीचमा लडाइँ परेकै हो।

अब हामीले हाम्रो विगतमा भएको कमी कमजोरीको समीक्षा र अब हामीले जान कसरी खोजेको के हो भन्ने सबैले बुझ्ने गरी श्वेतपत्र जारी गरेर अगाडि जाने कोसिस गर्छौं । प्रणाली बसाउने कुरो मुख्य हो। आफ्नो मान्छे, अर्काको मान्छे जो हुन गएकै छ, त्यसलाई बदल्ने र प्रणाली बसाउनेतिर चाहिँ ध्यान दिनुपर्‍यो भन्ने सुझाव महत्वपूर्ण छ।

जनताका आगाडि हामीले जे भयो, यसको नैतिक जिम्मेवारी लिने कसले हो रु मलाई लाग्छ, जसले यो परिवर्तनका निम्ति सबैभन्दा बढी संघर्ष गर्‍यो, बलिदान गर्‍यो, मेहनत गर्‍यो, नेतृत्व गर्‍यो, उनीहरुले नै लिनुपर्छ। यसरी हेर्दा हामी इतिहासको त्यो विन्दुमा, त्यो कठघरामा छौं, जहाँ हामीले नै जवाफ दिनुपर्ने हुन्छ। कहाँँ कमी कमजोरी भयो रु र, राष्ट्र र जनताको अबको आवश्यकता के हो भन्ने कुरामा पनि हामीले प्रष्ट मार्गचित्र दिनुपर्ने हुन्छ।

सबै उस्तै उस्तै हुन्, पदका निम्ति नै झगडा गरेका हुन् भन्ने पर्सेप्सन गइराखेको छ भन्ने कुरा हामीलाई मोटामोटी थाहा छ। यसलाई चिर्न हामीले अझै मेहनत गर्नुपर्ने रहेछ भन्ने आज महसुस भएको छ। हुन त उही र उस्तै त होइनौं। एउटाले आदर्शअनुरुप चल्न पर्‍यो, विधिअनुरुप चल्नपर्‍यो भन्ने र अर्को आदर्शरविधिका विपरीत चल्ने उस्तै त होइनन्।

तर, राजनीतिमा पर्सेप्सन भन्ने कुरा धेरै ठूलो हुन्छ। कहिलेकाहिँ सही कुरा पनि सही तरिकाले प्रस्तुत गर्न सकिएन र कन्भिन्सिङ तरिकाले जनतालाई बताउन सकिएन भने भ्रम हुन्छ र चिजहरु उल्टो दिशातिर जाने खतरा पनि हुन्छ। त्यसो भएको हुनाले यिनीहरु पदका निम्ति नै लडेका हुन् कि भन्ने पर्सेप्सन हामीले मुखले भनेर मात्रै होइन, व्यवहारद्वारा नै त्यसलाई सावित गर्नुपर्ने छ।

लोकतन्त्र त हामीले ल्यायौं, यसको पनि विकासको नियम हुन्छ, त्यो नियमअनुसार आयो । यसलाई सुदृढ गर्ने कुरामा हामीले दृढता प्रदर्शन गर्न सक्नुपथ्र्यो । ०६२/०६३ को आन्दोलनपछिको परिस्थितिमा संरचना र प्रणालीमा सुधारका निम्ति हामीले लोकतान्त्रिक मान्यताअनुसार जे गर्नुपर्थ्यो, त्यसमा हाम्रो ध्यान गएन । बरु, कहीँ न कहीँ, त्यहाँ भ्रम सिर्जना भयो भन्ने लाग्छ । यिनीहरु उस्तै होइनन् भनेर फरक छुट्याउने कसरी? यो कुरामा पनि हामीले त्यो सावित गर्नुपर्ने छ । यो साम्रागी अनलाइनबारमा  प्रकाशित छ।