चेतबहादुर सिंहको ‘जाम हिड धनगढी’ सार्वजनिक



काठमाडाैँ। चर्चित गायक एबम सर्जक बिमलराज क्षत्री र चेतबहादुर सिंहको नयाँ गीत ‘जाम हिड धनगढी’ सार्वजनिक भएको छ।

यस गीतमा बिमलराज क्षेत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको स्वर रहेको छ।बिमलराको शब्द, संगीत रहेको छ। यस गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन्।

दिलिप ओखेडाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, दिन्सन शाहको सम्पादन रहेको छ। यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको हो।

“जाम हिड धनगढी” गीतलाई बिमल चौतारी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियोमा चेत बहादुर सिंह, आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेल आदिको अभिनय रहेको छ।