जो बाइडेन बने अमेरिकाको ४६औँ राष्ट्रपति



काठमाडौँ। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ लिएका छन्।

बाइडेनले नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा ४६औँ अमेरिकी राष्ट्रपतिको सपथ लिएका हुन्। कडा सुरक्षाका साथ क्यापिटल हिलस्थित अमेरिकी संसद् भवनमा उनले सपथ लिएका हुन्।

गत नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनमा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पारेका थिए। कोरोना महामारीका कारण सीमित मानिसहरुको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम भएको छ।

बाइडेनसँगै उपराष्ट्रपति कमाल ह्यारिसले पनि सपथ लिएकी छन्। अमेरिकी इतिहासमा उनी पहिलो महिला उपराष्ट्रपति बन्न सफल भएकी हुन्। ट्रम्पले आजै ह्वाइट हाउस छाडेका छन्।