न्यायाधीश भन्छन्, ‘बाहिरको कुराले हामी प्रभावित हुन्नौं’



काठमाडौँ। संसद विघटनको मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासका न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन्।

संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा उनले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन्। रिट निवेदक कन्चन कृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको बताए।

न्यौपानेले भने, ‘उहाँले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहनुभएको छ। कार्यपालिका प्रमुखले शक्तीपृथकीकरणको सिद्धान्त विपरीत बोल्न हुँदैन।’ न्यायाधीश सिन्हाले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ? हुनुहुन्न भने हामी पनि हुन्नौं।’