काठमाडौँ। नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले माघ ९ गते काठमाडौँमा गर्न लागेको जनप्रदर्शन अघि बुधबार मोटरसाइकल र्याली निकालेको छ।
राजधानीको भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको छ। माघ ९ गते हुने विशाल जनप्रदर्शनको तयारीस्वरुप नेकपाको सो पक्षले दवावस्वरुप मोटरसाइकल र्याली निकालेको हो। केन्द्रीय संघर्ष समितिको आह्वानमा लाखौंको संख्यामा निकालिएको र्यालीमा सबै पक्षका मानिसहरुको सहभागिता रहेको थियो।
नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभाको विघटनविरुद्ध लगातार संघर्ष गर्दै आएको छ। पछिल्लो समय जनअधिकारको रक्षाका लागि विभिन्न पार्टी, नागरिक समाजलगायत विभिन्न क्षेत्रको पनि ऐक्यबद्धता बढ्दै गएको छ।