जुम्ला। नेपाल रेडियोलोजी सोसाइटी कणाली प्रदेशका संयोजकले अनाथालयलाई सयोग गरेका छ्न।
जुम्लामा केन्दृय कार्यालय रहेको माया सदनमा रहेका वालबालिकाहरुलाई स्टेसनरी साधन सहयोग गरेको संयोजक मकरबहादुर हमालले बताए। हमालले सामाजिक सेवामा अहिलेका युवालार्इ जागरुक हुन प्रेरित गराउने हेतुले सहयोग गरेको बताए।
उनले भने, ‘पछिल्लो समयमा हामी जस्तो युवाहरुमा सेवा गर्ने भावाना हराउँदै गैरहेको बेला थोरै भयपनी समाज सेवा गर्न पार्इला चालेको हुँ।’ हमालले करिब २३ जनालार्इ केक, एक छाक खाना र स्टेसनरी सामाग्री हस्तान्तरण गरेका थिए।









