भारतले नेपाललाई कोरोना खोप उपलव्ध गराउने



काठमाडौँ। भारतले बुधबारदेखि नेपाललगायतका छिमेकी मुलुकहरुलाई (कोभिड–१९) खोप उपलव्ध गराउने भएको छ।

मंगलबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार लगायतका मुलुकमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध) को खोप उपलव्ध गराउने जानकारी दिएको हो।

विदेश मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटरमार्फत छिमेकी मुलुकहरुलाई बुधबारदेखि खोप वितरण सुरु गर्ने जानकारी दिएका छन्।

नेपाल सरकारले भने भारतबाट खोप कहिले आइपुग्छ भन्ने निर्णय गरिनसकेपनि ६० लाख जनसंख्याका लागि कोभिसिल्ड खोप ल्याउने तयारी भएको जानकारी दिँदै आएको छ।