रोल्पा। जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गो’ली प्र’हार भएको छ। रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गो’ली प्र’हार भएको हो।
जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गो’ली हा’नेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए। टाउकोमा गो’ली लागेको बरुको अवस्था ग’म्भीर रहेको डिएसपी सुबेदीले बताए। घा’इतेलाई मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ।
प’क्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिन ठा’नेर ती महिलालाई गो’ली चलाएको दावीसहितको बयान गरेका छन्। हरिणले गहुँबाली खाएर नाश पारेपछि हरिन मा’र्न भनेर आफू बसेको र झुसमुसे अँध्यारोमा घाँसको भारी बोकेकी महिला आउँदा हरिन ठानेर आफुले गो’ली चलाएको भन्ने दाबी पुनले प्रहरी गरेको डिएसपी सुबेदीले बताए।
गो’ली हा’न्ने पुनलाई मंगलवार विहान भरुवा ब’न्दुकसहित प’क्राउ गरेको हो। घ’टनाबारे थप आवश्यक अ’नुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिए।