ओली कामचलाउ प्रधानमन्त्री हुन्: माधव नेपाल



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी ओली प्रधानमन्त्री नभइ कामचलाउ प्रधानमन्त्री भएको बताएका छन्।

मंगलबार प्रेस संगठनको दोस्रो भेलामा सम्बोधन गर्दै उनले भने, “प्रतिनिधिसभा बिघटनको व्यवस्था संविधानमा छैन। तर, उहाले भंग गर्नुभयो। अब भंग गरेपछि उहाँ प्रधानमन्त्री होइन। कामचलाउन प्रधानमन्त्री हुनुभयो। कि त कुर्सी छोड्नुहोस। कि त कामचलाउन भन्नुहोस्।”

उनले ओलीले कुर्सीका निम्ती संविधान माथि नै कु गरेको बताए। उनले बालुवाटारमा नेताहरुलाई बोलाएर झुटा आश्वासन दिने गरेको बताए। उनले प्रधानमन्त्री ओली झुटको पुलिन्दा भएको आरोप पनि लगाए। उनले आफुलाई बालुवाटारमा बोलाएर अध्यक्ष र प्रधानमन्त्री बनाउने, बामदेवलाई प्रधानमन्त्री र प्रचण्डलाई पनि प्रधानमन्त्री र अध्यक्ष बनाउने आश्वासन दिएको बताए।

उनले भने मोतिचुरको लड्डु देखाएर नेताहरुबीच फाटो ल्याउने काम पनि ओलीले गरेको तर्क गरे। उनले एमाले भनेको केपी ओली मात्र नभएको बताए। एमालेमा ओली भन्दा आफुले बढि योगदान आफुले गरेको भन्दै उनले भने, ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन्।

तस्बिर: मुकुन्द कालिकोटे