ललितपुर। उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका(७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन्।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख ९एसएसपी० किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइन्।
उनले कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित गरेको बताइन्।
‘मृतक दम्पतीसँगै कोठामा स्लफर नामक विषादीको बट्टासमेत फेला परेको छ, अहिले अनुसन्धान यही दिशामा केन्द्रित छ’ एसएसपी बर्जाचार्यले भनिन्, ‘पोस्टमार्टमको रिपोट आएपछि मात्रै के हो भन्न सकिन्छ।’
केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। उक्त घटनामा पत्नी सुदीक्षा गिरीले नै पति उमेश केसीको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो।