केपी ओली गन्हाएर बालुवाटार गइसक्नु छैन: भीम रावल



काठमाडौँ। नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन्।

आइतबार प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता रावलले ओली एक नम्बर भगौडा भएको आरोप समेत लगाए। उनले ओलीलाई सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै ब्यंग्य गरे।

उनले भने, ‘ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं। त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए। विधि सकिए, नीति सकिए। तर, अहिले बालुवाटार ओरिपरि गैइसक्नु छैन ओली गन्हाएका छन्।’