विदेशमा कोरोनाबाट तीन सय १९ जनाको ज्यान गयो



काठमाडौँ। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो। यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात ९७।८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।