काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कडा जवाफ दिएका छन्।
सामाजिक सञ्जाल फेशबुक मार्फत नेता भट्टराईले ओलीलाई इंगित गर्दै केटो भनिपाउँदा आफूलाई दुःख नलागेको र बरु उल्टै ओलीको स्तर चिन्ने अवसर पाएको दाबी गरेका छन्।
उनले लेखेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सी प्राप्त गर्नु भएको हो। केटो भनि पाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो।’
नेता भट्टराईले आज ओलीले तल्लो स्तरमा उत्रेर केटा केटीको रुपमा गालि गरिरहेकाहरुको पसिना र मेहनतको जगमा खडा भएको ब्यवस्थामै प्रधानमन्त्रीको कुर्चि प्राप्त गरेको कुरा स्मरण गराएका छन्।
यो पनि पढ्नुहोस्
ओलीको व्यङ्ग्य: ‘बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो’