काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।
संसद विघटनविरुद्ध कांग्रेसले काठमाडौँको बसन्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ? भन्दै प्रश्नसमेत गरेका छन्।
कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्न्दै उनले प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्न नमिल्ने बताए। राष्ट्रपति संविधानको संरक्षक भएको भन्दै उनले प्रधानमन्त्रीले संविधानको बर्खिलापमा गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे।
तस्बिर: मुकुन्द कालिकोटे