‘सुवास नेम्वाङले माधव नेपाललाई मात्रै होईन संविधानसमेत भुले’



काठमाडौँ। नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन्।

नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन। यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ।’

नेता थापाले सरकारविरुद्ध आयोजित विरोधसभामा नेम्वाङले आफ्नो हैसियत मात्र होइन, संविधान नै बिर्सेको आरोप लगाए। ‘सुवास नेम्वाङको सम्बोधन सुन्दै थिएँ, उहाँले भन्नुभयो कसको कसको ुनाम बिर्सिएँ रे। नाम होइन कमरेड, तपाईंले संविधान नै बिर्सनुभयो,’ उनले भने, ‘आफ्नो जिम्मेवारी नै बिर्सनुभयो। तपाईंले आफनो हैसियत बिर्सनुभयो । तपाईंलाई थोरै पनि अप्ठयारो लाग्दैन’’

शनिबार ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलाको सम्बनेधनका क्रममा नेम्वाङले माधव नेपालको नाम बिर्सिएको भन्दै व्यांग्य गरेका थिए। नेम्वाङले प्रधानमन्त्रीले गलत गर्नुभयो भन्न नसकेको भन्दै काँग्रेस नेता थापाले ओलीका वरिपरि बस्नेहरुले कुरी कुरी भन्नु पर्नेमा वाह। वाह। भनेको भन्दै आश्चर्य व्यक्त गरे।

‘केपी ओली अब किर्ते प्रसाद ओली हो, उनले भने, ‘सुवास नेम्वाङले संविधान नै बिर्सिनु भयो। राष्ट्रपति अब गुटपति हुनुभयो। रातोपाटीका अनुसार कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने बताए।

ललितपुर जिल्ला समितिका सभापति मदनबहादुर अमात्यले प्रजातान्त्रिक संस्कारमा अरूको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्नुपर्नेमा जोड दिए।